Pages

फेरि अर्को मन्त्रीको चर्तिकला देखियो

अस्ति नै पर्साका सीडीओ कुट्ने मन्त्री करिमा बेगम पनि उपप्रम गच्छदार कै फोरम लोकतान्त्रिक कै हुन् भने यी मन्त्री पनि उनकै पार्टीका हुन्। करिमालाई पनि कुनै कारबाही भएको थिएन भने यिनलाई पनि कुनै कारबाही होला भनेर सोच्दै नसोच्नुस्।

केही समाचार स्रोत भन्छन् उनलाई मन्त्रीले गालामा चार थप्पड बजाइन्। केहीले भने कुट्ने प्रयास गरेको तर पुलिसहरुले रोकेकोले कुट्न भने नभ्याएको बताए।


भएको के रहेछ त?

जिल्ला विकास समितिको बैठक बसिरहेको थियो। आठ बज्न लागेको थियो। अचानक दलबलसहित कार्यकर्ताहरुको लस्कर लगाएर आइपुगिन् कलावती पासवान, मन्त्रीज्यु। अहो, कति अश्लील गाली पनि निकालेकी उनले मुखबाट। गालीगलौजसहित रिसाउँदै उनले पटक पटक कुट्न खोजिन् एलडीओलाई।

जिल्लाबाट निकासी हुने ढुंगागिट्टीको ठेक्का लिने यादव ट्रेडर्स नामको ठेकेदारलाई डेढ करोड रुपैयाँ बराबरको रकम मिनाहा दिने कि नदिने भन्ने विषयमा विवाद थियो। त्यही विवादका क्रममा मिनाहा दिने निर्णय गर्न लागेको भन्दै मन्त्रीले हातपात गर्न खोजेकी थिइन्।

विवाद एक ठाउँमा छ तर मन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिले यसरी सीधै गालीगलौज र हातपातमा उत्रनु ठीक हो त ? नेपालमा त ठीकै होला। किनभने अरु मन्त्रीले पनि यसै त गरिआएका छन् नि, हैन त ?

यी मन्त्री त फाइटर नै रहिछिन्। हेर्नुस् त वीरगञ्जमा पार्टी फुट्दा भएको झडपमा उनी कसरी सडकमा उत्रिएकी थिइन्- भिडियो हेर्नुस्-

No comments:

Post a Comment