Price of Hero Honda's models
Hero Honda (make), New (condition)
Hero Honda (make), New (condition)
-दीपक भट्टराई/काठमाडौँ- माघ १८ गते साँझ नै एउटा समाचार तयार पारेको थिएँ, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उनका विश्वासपात्रहरु समेतलाई कुनै जानकारी नदिई राजाले सुरक्षा अंगका प्रमुखहरुसँग लामो छलफल गरेका छन्। दरबार निकट समाचारस्रोतको हवाला दिँदै राजाबाट सोही राति वा भोलिसम्ममा कुनै नयाँ कदम चालिन सक्नेछ भन्ने समाचार तयार पारे पनि म आफूलाई राजाले के चाँही गर्नेछन् भन्ने थाहा थिएन। थियो त सिर्फ भोलि राजाबाट केही हुँदैछ भन्ने, तर समाचार अपूरो भन्दै मेरा सम्पादकले अस्वीकार गरिदिए र त्यो सरासर जायज पनि थियो। नभन्दै भोलिपल्ट बिहान नै रेडियो र टेलिभिजनमा राजाले १० बजे देशबासीको नाममा सम्बोधन गर्ने सूचना प्रसारित भयो। त्यसपछि घरमा बस्न मन लागेन। सम्बोधन १० बजे भए पनि ८ बजे नै कार्यालयतिर हुत्तिएँ। राजाको भाषण के आउला भनेर साथीभाइबीच चर्चा चल्दै थियो, तत्कालीन शाही नेपाली सेनाको सेनानी (मेजर) को नेतृत्वमा केही सुरक्षाकर्मी कार्यालयमा छिरे। अनौठो खासै लागेन राजाको भाषण कठोर रहेछ भन्ने अनुमानमात्र भयो। राजाको भाषण सुरु हुनुअगावै उनीहरुले समाचार प्रसारण गर्ने स्टुडियो हेरे। समाचार सम्पादन गर्ने र पत्रकारहरुले लेख्ने,बस्ने ठाउँ हेरे। म चाँही राजाको भाषण सुरु हुन थालेपछि रेडियो भएको गाडी चढेर एमाले महासचिव माधवकुमार नेपालको घरतर्फ लागेँ। सत्ता साझेदार एक प्रमुख दलको प्रतिक्रिया लिउँ न त भनेर। तर, उनको घर वरिपरि त असाध्यै धेरै सुरक्षाकर्मी परिचालित थिए। मैले भाषण नसकिँदा सम्म उनको घर नजिक नजाने निधो गरेँ र करिब सय मिटर पर पुगेर रेडियो सुनिरहेँ। रेडियोले जसै सम्बोधन प्रसारण सक्यो, तब मोबाइलबाट एमाले महासचिवलाई फोन गर्छु भन्दा त मोबाइलको टावर पूरै काटिसकिएको रहेछ। त्यसपछि गाडी रोकेको स्थानमा भएको ल्यान्डलाइन फोनबाट फोन गर्ने प्रयास गर्छु भन्दा त, फोन डेड। अब भएन, घरमै जान्छु भन्दै गाडी लिएर पुगेँ घरबाहिर। माधव नेपाल पनि हातमा मोबाइल हेर्दै घरको बार्दली (कौसी) मा निस्कनुभएको रहेछ। मैले क्यामेरामेनलाई क्यामेरा उतातिर सोझ्याउन भन्दै टाढैबाट महासचिव ज्यू तल ओर्लनुस् हामी केही प्रतिक्रिया लिन चाहन्छौं भनेँ। तर उहाँसँगै रहेका सशस्त्र प्रहरीका बिना वर्दीका डिएसपीले माधव नेपाललाई तल झर्न दिएनन्। मैले त्यहीँबाट केही बोल्दिनोस्,मेरो क्यामेराले टिप्छ भन्दै सम्बोधनप्रतिको प्रतिक्रिया माग गरेँ। माधव नेपालले यो अप्रजातान्त्रिक कदम भो मात्र के भन्न भ्याएका थिए, उनलाई ती डिएसपीले धकेल्दै कोठाभित्र छिराएर छोडे र मलाई पनि तुरुन्त सो स्थान छोड्न आदेश दिए। पत्रकारको नाममा मेरा क्यामेरामेन र म मात्र थियौं त्यहाँ। सुरक्षाकर्मीले घोक्र्याएर भन्न पनि मिल्ने गरी माधव नेपाललाई घरभित्र हुलेको र सानो भए पनि उनको प्रतिक्रियाको दृश्य रहेकाले राम्रो समाचार पाएको अड्कल गर्दै म कार्यालय आइपुगेँ। काठमाडौंमा फोन, इन्टरनेट मात्र होइन माघको जाडो पनि सकिएको थिएन। साथीभाइ कार्यालय बाहिरै रहेछन्। आफूसँग मात्र भएको माधव नेपालको प्रतिक्रिया र दृश्यको बारेमा चर्चा गरेपछि अन्य सहकर्मी पनि उत्साहित भए। समाचार लेखेँ र सोही अनुसार दृश्य पनि मिलाएँ। तर १२ बजे त समाचार जाला भनेको त समाचारको ‘स’ पनि आएन। अघि नै आएका मेजरले टिभीमा समाचार दिन मिल्ने-नमिल्ने विषयमा आफूले बुझ्न पर्ने बताएछन् र समाचारको साटो त्यही बिहान रेकर्ड गरिएको राजा ज्ञानेन्द्रको सम्बोधन प्रसारण गरियो। दिउँसो चार बजे समाचार त जाने भएछ तर समाचारको धुन सकिएपछि समाचारवाचकले राजाले सम्बोधन गरेको विषयमा मात्र समाचार हाल्न पाइने भएछ। त्यतिबेला एक सैनिकले समाचारवाचकले समाचारवाचन गरिरहँदा स्टुडियोभित्रै बन्दुक समातेर बसेका थिए। मलाई पछिसम्म पनि त्यो दिनको फोटो राख्न पाएको भए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ, तर त्यतिबेला फोटो खिच्ने सुद्दि नै आएन। जब हरेक समाचार सेनाको मेजरले पास गरेपछि मात्र प्रसारण हुने भयो, मैले तयार पारेको सामाग्री साँझको समाचारमा जाला भन्ने मेरो आशा बिस्तारै हराउँदै गयो। एउटा विदेशी समाचारमा इन्डोनेसियाको सेनाको दृश्य रहेछ सायद आचे विद्रोही सम्बन्धी थियो क्यारे। मेजरले स्क्रिप्ट मात्र हेरेर पास गरेछन् तर पछि समाचारमा भिजुअलसहित जाँदा विदेशी सेना कै भए पनि किन दृश्य देखाएको भनेर उनलाई कताबाट फोन आएर हो कि पछि त्यो समाचार पनि रोक्नुपर्यो। हामी राजाको सम्बोधनको समाचार भन्दा केही प्रसारण गर्ने अवस्थामा थिएनौं। अरु समाचार जेसुकै भए पनि कान्तिपुर टेलिभिजनले स्थापना कालदेखि नै प्रसारण गर्ने जनमतको प्रश्न राजाको सम्बोधन तपाईँलाई कस्तो लाग्यो भनेर सोध्ने निर्णय भएको थियो। भोलिपल्ट कान्तिपुरले चारुमति नाच र काठमाडौं पोस्टले मौसम जस्ता विषयमा सम्पादकीय लेखेपछि हामीले पनि तपाईँ कुन फलफूल खानुहुन्छ भन्ने प्रकारको जनमत लियौं। तर, पहिलो दिनको जनमत समयानुकूल बनाउने क्रममा एउटा भूल भयो जस्तो लाग्छ मलाई। त्यो प्रश्नको नकारात्मक जवाफ हामी प्रसारण गर्नसक्ने अवस्थामा थिएनौं। र पनि प्रश्न त्यही सोधिएको थियो, राजाको सम्बोधन तपाईँलाई कस्तो लाग्यो - अरु समाचार जे सुकै भए पनि त्यो दिनको जनमत हेर्दा धेरैलाई पक्कै पनि मानिसहरुले हामीलाई गाली गरे होलान् भन्ने लाग्छ, नभए कसरी राजाको सम्बोधन सकारात्मक थियो भन्ने मात्र जवाफ आउँथ्यो भन्ने धेरैलाई पक्का पनि पर्यो होला तर वास्तविकता त्यही थियो, जनमतमा राखिने ८ जनाको विचारका लागि हामीले सोधेका १८ जना मध्ये १७ जनाले राजको सम्बोधनको पक्षमै मत जाहेर गरेका थिए। त्यो दिन मैले खोतलखातल पारेर तयार पारेको माधव नेपालसहित अरु कुनै पनि समाचार टेलिभिजनमा प्रसारण भएन तर पनि दिक्क लागेन (आफूले तयार पारेको समाचार प्रकाशन, प्रसारण नहुँदा पत्रकार दिक्क हुनु स्वभाविक कुरा हो) बेलुका बीबीसी रेडियोमा समाचार सुन्दा माधव नेपालले मलाई मात्र दिएको प्रतिक्रिया कनकमणि दीक्षितले भन्दै थिए। फोन, मोबाइल, इन्टरनेट सबै सञ्चारका साधन बन्द भएपछि माघ १९ गते दिउँसो केही नयाँ कुरा थाहा पाइहालिन्छ कि भन्ने आशामा दीक्षित कान्तिपुर परिसर आएका थिए (त्यतिखेर कुनै समाचार दिनुपर्यो भने हिडेरै गएर सम्बन्धित व्यक्तिलाई भेट्ने वा अरु कसैलाई हिँडाएरै उक्त समाचार पठाउने भन्दा अरु उपाय थिएन)।माधव नेपाललाई डीएसपीले घोक्र्याउँदा..
जम्माजम्मी १८ जनालाई पुतलीसडक र बागबजार वरिपरि प्रश्न गरिएको थियो। तर अचम्म एक जनाले ठिकै हो, खास राम्रो छैन भन्ने बाहेक सबैले राम्रो छ, दलहरुले देश बिगारेका थिए, शान्ति ल्याए राम्रै हुन्छ, शान्तिको लागि गर्नु नै पर्ने थियो भन्ने किसिमको प्रतिक्रिया दिएका थिए। हामीले एक जनाको मात्र आएको हल्का नकारात्मक जवाफलाई पनि नराखेर सबै राम्रो छ सम्बोधन भन्ने किसिमको उत्तर मात्र राख्यौं र त्यो प्रसारण पनि भयो।
बेलायतका लागि विद्यार्थी भिसा बन्द भो। नेपाली विद्यार्थीहरुको पहिलो रोजाइ भने अमेरिका नै हो। तर सबैले अमेरिकाको भिसा कहाँ पाउँछन् र। अमेरिकी दूतावास पानीपोखरी अगाडि एकछिन उभिनुपर्छ, तपाईँले देख्नुहुन्छ- भिसा पाएको खुसी र भिसा नपाएकोमा दुःख मनाउ गर्नेहरु दुवैथरि। भिसा नलागेकाहरुलाई सान्त्वना दिन हो कि, एकदम कडा सुरक्षा व्यवस्था भएको अमेरिकी दूतावासको ढोकै बाहिर एउटा यस्तो विज्ञापन राखिएको छ। विज्ञापनमा ठूलठूला अक्षरमा लेखिएको छ- अस्ट्रेलिया, द नेक्स्ट। एउटा देशको नाम हो भने अर्को चाहिँ कन्सलटेन्सीको। तर ठूलाठूला अक्षरले अर्थ भने ‘अम्रिकाको भिसा लागेन? अब अस्ट्रेलिया जाउँ’ भन्ने दिन्छ। अमेरिकी दूतावास नजिकैको निजी जग्गामा यो होर्डिङ बोर्ड राखिएको हो। तर पनि दूतावास वरपर फोटो खिच्न नपाइने कडा नियम हुनाले लुकाएर खिच्नुपरेकोले फोटो राम्रोसित खिच्न पाइएको छैन। जे होस्, यी कन्सलट्यान्सीवालाहरुको त दिमागलाई भने मान्नै पर्छ बा…कस्तो ठ्याक्क ठाउँमा राख्न जानेका यिनले विज्ञापन। अमेरिकी दूतावासलाई पनि हाम्ले भिसा नदिएकाहरु जाओस् न त उता भन्ने लाग्दो हो। त्यसैले हटाउन नलगाएका होलान्। नत्र कम्ता छन् र यिनीहरु, वरपर फोटो खिचेको जस्तो गर्यो कि त भित्र लगेर केरकार गरिहाल्छन्।अमेरिकी दूतावासको ढोकैमा अस्ट्रेलिया
अस्ति नै पर्साका सीडीओ कुट्ने मन्त्री करिमा बेगम पनि उपप्रम गच्छदार कै फोरम लोकतान्त्रिक कै हुन् भने यी मन्त्री पनि उनकै पार्टीका हुन्। करिमालाई पनि कुनै कारबाही भएको थिएन भने यिनलाई पनि कुनै कारबाही होला भनेर सोच्दै नसोच्नुस्। केही समाचार स्रोत भन्छन् उनलाई मन्त्रीले गालामा चार थप्पड बजाइन्। केहीले भने कुट्ने प्रयास गरेको तर पुलिसहरुले रोकेकोले कुट्न भने नभ्याएको बताए। जिल्ला विकास समितिको बैठक बसिरहेको थियो। आठ बज्न लागेको थियो। अचानक दलबलसहित कार्यकर्ताहरुको लस्कर लगाएर आइपुगिन् कलावती पासवान, मन्त्रीज्यु। अहो, कति अश्लील गाली पनि निकालेकी उनले मुखबाट। गालीगलौजसहित रिसाउँदै उनले पटक पटक कुट्न खोजिन् एलडीओलाई। जिल्लाबाट निकासी हुने ढुंगागिट्टीको ठेक्का लिने यादव ट्रेडर्स नामको ठेकेदारलाई डेढ करोड रुपैयाँ बराबरको रकम मिनाहा दिने कि नदिने भन्ने विषयमा विवाद थियो। त्यही विवादका क्रममा मिनाहा दिने निर्णय गर्न लागेको भन्दै मन्त्रीले हातपात गर्न खोजेकी थिइन्। विवाद एक ठाउँमा छ तर मन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिले यसरी सीधै गालीगलौज र हातपातमा उत्रनु ठीक हो त ? नेपालमा त ठीकै होला। किनभने अरु मन्त्रीले पनि यसै त गरिआएका छन् नि, हैन त ? यी मन्त्री त फाइटर नै रहिछिन्। हेर्नुस् त वीरगञ्जमा पार्टी फुट्दा भएको झडपमा उनी कसरी सडकमा उत्रिएकी थिइन्- भिडियो हेर्नुस्-फेरि अर्को मन्त्रीको चर्तिकला देखियो
भएको के रहेछ त?
copyright Oxkoon Inc.