२१ माघ, काठमाडौँ । सरकार परिवर्तनको चर्चा चलिरहँदा सत्तारुढ नेकपा एमालेले भने आफ्नै नेतृत्वको सरकारको निरन्तरतामा जोड दिएको छ । बुधबारदेखि राजधानीस्थित पार्टी मुख्यालय बल्खुमा सुरु पोलिटब्यूरोको विहीबारको बैठकले एमाले नेतृत्वको सरकार परिवर्तन गर्न खोज्नु निरर्थक भएको निष्कर्ष निकालेको छ । सरकारका बारेमा भईरहेका टीकाटिप्पणी गलत भएको भन्दै एमालले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री माधबकुमार नेपालले सरकारका काम कारबाहीको बारेमा जानकारी दिँदै ६० दिन भित्र सेना समायोजनको काम सकिने बताउनुभयो । रक्षामन्त्री विद्या भण्डारी पनि उपस्थित बैठकमा प्रधानमन्त्रीले विशेष समितिले तीब्रताका साथ काम गरिरहेकोले सहमति जुटाएर सेना समायोजनको काम छिटो सक्ने जानकारी दिनुभयो । बैठकमा नया संबिधानको प्रारुपबारे पनि छलफल शुरु भएको छ । स्थायी समिति सदस्य भरत मोहन अधिकारीको संयोजकत्बमा गठित संबिधान निमार्ण सुझाव आयोगले पेश गरेको प्रतिबेदन माथि छलफल शुरु भएको उहाले जानकारी दिनुभयो । छलफल राज्यको शासकीय स्वरुप र राज्यको पुर्नसंरचना बिषयमा केन्दि्रत रहेको सचिव ज्ञवालीले जनकारी दिनुभयो । पोलिटब्युरोको अर्को बैठक पर्सी फेरी बस्नेछ ।सरकार परिवर्तनको अर्थ छैनः एमाले
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment