अमेरिकी दूतावासको ढोकैमा अस्ट्रेलिया

बेलायतका लागि विद्यार्थी भिसा बन्द भो। नेपाली विद्यार्थीहरुको पहिलो रोजाइ भने अमेरिका नै हो। तर सबैले अमेरिकाको भिसा कहाँ पाउँछन् र। अमेरिकी दूतावास पानीपोखरी अगाडि एकछिन उभिनुपर्छ, तपाईँले देख्‍नुहुन्छ- भिसा पाएको खुसी र भिसा नपाएकोमा दुःख मनाउ गर्नेहरु दुवैथरि। भिसा नलागेकाहरुलाई सान्त्वना दिन हो कि, एकदम कडा सुरक्षा व्यवस्था भएको अमेरिकी दूतावासको ढोकै बाहिर एउटा यस्तो विज्ञापन राखिएको छ।

विज्ञापनमा ठूलठूला अक्षरमा लेखिएको छ- अस्ट्रेलिया, द नेक्स्ट। एउटा देशको नाम हो भने अर्को चाहिँ कन्सलटेन्सीको। तर ठूलाठूला अक्षरले अर्थ भने ‘अम्रिकाको भिसा लागेन? अब अस्ट्रेलिया जाउँ’ भन्ने दिन्छ।

अमेरिकी दूतावास नजिकैको निजी जग्गामा यो होर्डिङ बोर्ड राखिएको हो। तर पनि दूतावास वरपर फोटो खिच्न नपाइने कडा नियम हुनाले लुकाएर खिच्नुपरेकोले फोटो राम्रोसित खिच्न पाइएको छैन।

जे होस्, यी कन्सलट्यान्सीवालाहरुको त दिमागलाई भने मान्नै पर्छ बा…कस्तो ठ्याक्क ठाउँमा राख्‍न जानेका यिनले विज्ञापन। अमेरिकी दूतावासलाई पनि हाम्ले भिसा नदिएकाहरु जाओस् न त उता भन्ने लाग्दो हो। त्यसैले हटाउन नलगाएका होलान्। नत्र कम्ता छन् र यिनीहरु, वरपर फोटो खिचेको जस्तो गर्‍यो कि त भित्र लगेर केरकार गरिहाल्छन्।

0 comments:

Post a Comment

copyright Oxkoon Inc.