देशभक्त र गणतन्त्रवादीको मोर्चाः माओवादी

mayoust3-150x150२१ माघ, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले शान्ति र संविधानका लागि सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरुबीचमा संयुक्त मोर्चा बनाउने भएको छ ।

माओवादीको राजधानीमा एकसाता लामो चलेको स्थायी समितिको बैठकपछि विहीबार पार्टी कार्यालय कोटेश्वरमा बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले शान्ति र नयाँ संविधान निर्माण प्रक्रियाकाविरुद्ध देशी/विदेशी तत्वहरु क्रियाशिल रहेको उल्लेख गर्दै त्यस्ता षड्यन्त्रलाई असफल पार्नका लागि संयुक्त मोर्चाको प्रस्ताव अघि सार्नुभएको हो ।

पार्टी भित्र कुनै विवाद नरहेको भन्दै प्रचण्डले शान्ति र संविधानविरुद्ध षड्यन्त्र गरिएमा जनताको वि्रदोहको अधिकार सुरक्षित रहेको पनि बताउनुभयो ।

उहाँले केही समययता प्रमुख नेतृत्वलगायतका नेताहरूमाथि भइरहेका चौतर्फी आक्रमण र दुष्प्रचारलाई पार्टीको आधिकारिक विचार एवम् पार्टीमाथिकै आक्रमण र पार्टीमा विग्रह पैदा गर्ने उद्देश्यका साथ गरिएको प्रतिक्रियावादी तथा अवसरवादी शक्तिहरुको सुनियोजित षड्यन्त्र भएको जिकिर गर्नुभयो ।

शान्ति-प्रक्रियाको महत्वपूर्ण अंगको रुपमा रहेको सेना समायोजनलाई नयाँ संविधान निर्माण प्रक्रियाबाट अलग अलग गरेर होइन, दुवैलाई साथसाथै अघि बढाउनु पर्ने आवश्यकताप्रति सम्बन्धित सबै पक्षलाई स्पष्ट हुन पनि बैठकले आग्रह गरेको छ । आफ्ना जनसेना रहेका क्यान्टोन्मेन्ट पहिला खाली गर्ने र त्यसपछि मात्र संविधान निर्माण हुन्छ भन्ने अभिव्यक्ति शान्ति-प्रक्रिया विरुद्ध भइरहेको षड्यन्त्र भएको बैठकले ठहर गरेको छ ।

नयाँ संविधानमा राज्यपुर्नसंरचना र सुरक्षा नीति स्पष्ट भइसकेपछि सेना समायोजन गर्नु अझ उपयुक्त हुने निष्कर्ष माओवादीले गरेको छ ।

बैठकले फागनु १ गतेदेखि झण्डै एक महिने प्रचारात्मक आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ ।

राष्ट्रिय स्वाधीनता तथा नागरिक सर्वोच्चतालाई मुख्य केन्द्रमा राखेर माओवादीले जनपरिचालन अभियान फागुन २४ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

माओवादीले फागुन १ गतेदेखि चैत्र २४ गतेसम्म राष्ट्रिय स्वाधीनता र नागरिक सर्वोच्चता लगायतका आन्दोलनप्रति जागरुक गराउन देशभर घरदैलो विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले कैलाली, बारा, पर्सा, ताप्लेजुङ्ग, धादिङ्ग, सिन्धुलीलगायतका जिल्लामा भएका कार्यकर्ताहरुको श्रृङ्खलाबद्ध हत्या र साँघातिक आक्रमणको घोर भत्र्सना गर्दै दोषिमाथि कडा कारबाही र मृतकलाई सहिद घोषणा एवम् उनका परिवारलाई उचित राहातको व्यवस्था गर्न सरकारसंग माग पनि गरेको छ ।

Read more...

मुद्राकोषको टोली फागुन दोस्रो साता आउने

२१ माघ, काठमाण्डौ । नेपालमा गहिरिँदै गएको आर्थिक संकट कम गर्नेबारे सुझाव दिन अन्तराष्ट्रिय मुद्राकोष (आइएमएफ)को टोली फागुनको दोस्रो साता नेपाल आउने भएको छ ।

अर्थमन्त्रालयका सल्लाहाकार केशव आचार्यका अनुसार नेपाल सरकारको निम्तोमा कोषका बिज्ञ सम्मिलित टोली नेपाल आउन लागेको हो । बजारमा तरलता अभाव, भुक्तानी असन्तुलन तथा निर्यातमा देखिएको निरन्तरको गिरावटले नेपालको अर्थतन्त्र संकटमा परेपछि नेपाल सरकारले हालै मुद्राकोषलाई पत्र लेखि सहयोगका लागि अपिल गरेको थियो । अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्र लेखेर गरेको अनुरोधका आधारमा आउन लागेको टोलीले नेपालमा देखिएको संकटको अध्ययन गरि ठोस सुझाव पेश गर्ने अपेक्षा गरिएको आचार्यले जानकारी दिनुभयो ।

सरकारका तमाम प्रयासका बाबजुद अर्थतन्त्रमा कुनै सुधार नदेखिएपछि सरकारले मुद्रा कोष गुहारेको हो । कोषले हरेक बर्ष बिज्ञहरुको समुह पठाउने गरेको जानकारी दिँदै सल्लाहाकार आचार्यले यसलाई बिशेष घटनाका रुपमा हेर्न नहुने बताउनुभयो । ‘उनीहरुले बेला बेलामा यस्तो सुझाव दिइरहन्छन- उहाँले भन्नुभयो-’नेपालको अहिलेको अबस्थामा कस्तो रणनीति लिनुपर्छ भन्ने बिषयमा उनीहरु अनुभवी छन् ।’

द्धन्द्धका समयमा समेत नखस्किएका आर्थिक सूचकांकहरु पछिल्ला केही महिनामा ओरालो लागेपछि सरकारले अर्थतन्त्र सुधार हुने बिश्वास गुमाउँदै गएको छ । रेमिट्यान्सको बृद्धिदर गएका ६ महिनामा १५ प्रतिशतमात्र छ भने भुक्तानी असन्तुलन बीस अर्बभन्दा बढी पुगेको छ । रेमिट्यान्स बृद्धिका लागि सरकारले जोड गरेको भएपनि पछिल्ला दिनमा अन्तराष्ट्रियरुपमै बढ्दै गएको महंगीका कारण रेमिट्यान्स आगमन घटेको छ ।

तर मुद्रा कोष गुहार्ने सरकारी रवैयाले बजारमा झनै सन्त्रास ल्याउने र संकट बढ्नसक्ने अर्थबिद्हरु बताउँछन् ।

Read more...

सरकार परिवर्तनको अर्थ छैनः एमाले


Nppcn-uml

२१ माघ, काठमाडौँ । सरकार परिवर्तनको चर्चा चलिरहँदा सत्तारुढ नेकपा एमालेले भने आफ्नै नेतृत्वको सरकारको निरन्तरतामा जोड दिएको छ ।

बुधबारदेखि राजधानीस्थित पार्टी मुख्यालय बल्खुमा सुरु पोलिटब्यूरोको विहीबारको बैठकले एमाले नेतृत्वको सरकार परिवर्तन गर्न खोज्नु निरर्थक भएको निष्कर्ष निकालेको छ ।

सरकारका बारेमा भईरहेका टीकाटिप्पणी गलत भएको भन्दै एमालले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री माधबकुमार नेपालले सरकारका काम कारबाहीको बारेमा जानकारी दिँदै ६० दिन भित्र सेना समायोजनको काम सकिने बताउनुभयो ।

रक्षामन्त्री विद्या भण्डारी पनि उपस्थित बैठकमा प्रधानमन्त्रीले विशेष समितिले तीब्रताका साथ काम गरिरहेकोले सहमति जुटाएर सेना समायोजनको काम छिटो सक्ने जानकारी दिनुभयो ।

बैठकमा नया संबिधानको प्रारुपबारे पनि छलफल शुरु भएको छ । स्थायी समिति सदस्य भरत मोहन अधिकारीको संयोजकत्बमा गठित संबिधान निमार्ण सुझाव आयोगले पेश गरेको प्रतिबेदन माथि छलफल शुरु भएको उहाले जानकारी दिनुभयो ।

छलफल राज्यको शासकीय स्वरुप र राज्यको पुर्नसंरचना बिषयमा केन्दि्रत रहेको सचिव ज्ञवालीले जनकारी दिनुभयो । पोलिटब्युरोको अर्को बैठक पर्सी फेरी बस्नेछ ।


Read more...

copyright Oxkoon Inc.