बाघसँग लडेर बाँच्न सफल

बाबियाचौर (म्याग्दी) । म्याग्दी जिल्लाको पात्लेखेत गाविसका दुई व्यक्ति बाघसँग लडेर बाँच्न सफल भएका छन् । उनीहरूले आक्रमण गर्न आएको बाघलाई उल्टै घाईते बनाएर लखेट्नसमेत सफल भएका छन् ।
पात्लेखेत-७ का ५८ वषर्ीय लालबहादुर राम्जाली र सोही गाविस-५ का ४० वषर्ीय मसवीर रोका बाघसँग लडी आफ्नो जीवन बचाउन सफल हुनुभएको हो ।
मङ्गलबार दिउँसो १२ बजे गाउँदेखि ५०० मिटरमाथि रहेको अस्कुन जङ्गलमा घाँस काट्न गएका उहाँहरूलाई बाघले आक्रमण गरेको थियो ।
‘जङ्गल पस्ने बित्तिकै बाघले कम्मरमा समायो र घाँटीमा कोपर्न खोज्यो,’ राम्जालीले भन्नुभयो- ‘दुई मिनेटसम्म बाघसँग लडें ।’ साथमा रहेको हँसियाको सहाराले हिर्काएर तल फ्याँकेको बाघलेे आफूसँगै रहेका पुनः रोकालाई आक्रमण गरेको राम्जालीले जानकारी दिनुभयो ।
रोकाको बाघसँग तीन मिनेट लडाइर्ं चलेको प्रत्यक्षदर्शी ईन्द्र पाईजाले बताउनुभयो । बाघसँग लडाई गर्दा रोकाको टाउको, दाहिने खुट्टा र दाहिने हातमा चोट लागेको छ । राम्जालीको कम्मर र दाहिने हातमा चोट लागेको छ ।
‘साथमा रहेको हँसियाले टाउकोमा हिर्काएपछि बाघ भाग्यो,’ बाघसँगको युद्ध सुनाउँदै रोकाले भन्नुभयो, ‘बाघको गर्धनमा समाएर हँसियाले हिर्काएपछि बाँँच्न सफल भएँ ।’
‘बाघले आक्रमण गर्‍यो भनेर हरेस खाएको भए म बाँच्ने थिइन होला,’ सदरमुकामस्थित बेनी अस्पताल तथा रिसर्च सेन्टरमा उपचार गराइरहनुभएका रोकाले आँखाबाट खुसीका आँशु झार्दै भन्नुभयो- ‘आत्मविश्वासले गर्दा बाघसँग युद्ध गरेर जीवन जितँे ।’
हारगुहार गर्दै बाघसँग लडेकाले उनीहरूसँगै घाँस काट्न गएका गाउँलेहरूले घाइतेको उद्धार गरेर बेनी ल्याएका थिए ।
‘उहाँहरू बाघसँग लडीरहँदा हामी रमिते बनेर हेर्नुबाहेक केही गर्न सकेनौं,’ प्रत्यक्षदर्शी पाइजाले भन्नुभयो, ‘साहस हुने हो भने मृत्युलाई जित्न सकिँदो रहेछ ।’ घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

0 comments:

Post a Comment

copyright Oxkoon Inc.