यसवर्ष एसएलसीमा नियमित र एक्जाम्टेडलाई एउटै प्रश्नपत्र सोधिने

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षको एसएलसी परीक्षामा रेगुलर र एक्जाम्टेड परीक्षार्थीलाई एउटै प्रश्नपत्र सोध्ने भएको छ ।
कार्यालयले गतवर्ष नियमित र एक्जाम्टेड परीक्षार्थीलाई फरक फरक प्रश्नपत्र सोध्दा परीक्षार्थीलाई समस्या परेपछि यसवर्ष एकै प्रकारको प्रश्न सोध्ने भएको कामु परीक्षा नियन्त्रणक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो ।
गतवर्ष कक्षा १० को पाठ्यक्रम परिवर्तन भएका कारणले पनि फरक फरक प्रश्न सोधेको बताउँदै उहाँले यसवर्ष एउटै प्रश्नपत्र तयार गरेको बताउनुभयो ।
गतवर्ष फरक फरक पं्रश्न पत्र बनाउँदा कतिपय नियमिततर्फका परीक्षार्थीले कम्पार्डतर्फको र कम्पार्डतर्फको परीक्षार्थीका लागि सोधिएका प्रश्नपत्रमा नियमिततर्फकाले परीक्षा दिएकाले कार्यालयलाई समस्या आएको थियो ।
यस्ता परीक्षार्थीलाई परीक्षा बोर्डले पाँच नम्वर थपेर पास गरिदिने निर्णयसमेत गर्नुपरेको, खर्च वृद्धि भएको तथा धेरै समस्या आएकाले यसवर्ष एउटै प्रश्नपत्र तयार पारेको रेग्मीले बताउनुभयो ।


0 comments:

Post a Comment

copyright Oxkoon Inc.