'बंकर्स पार्टी' गर्नेहरुलाई पुलिसले 'र्‍याक' गरे

अरु बेला पनि उनीहरु हरेक ‘फ्राइडे’ त्यसै गर्थे। फ्राइडेलाई उनीहरु त्यही भएर TGIF भन्छन् अर्थात् थ्याङ्क गड इट्स फ्राइडे। कलेज बङ्क गर्‍यो, डिस्कोमा मन मिल्ने साथीहरुसँग गएर मस्तसित नाच्यो। उनीहरुलाई नै लक्षित गरेर बिहान अरु ठाउँमा भजन गाइरहेको बेला सुन्धाराको त्यो डिस्को जोनबाट बिहान सबेरैदेखि अंग्रेजी गीतका चर्को आवाज आउँथ्यो। तर आज सँधैभन्दा फरक भयो। कलेज ड्रेसमा नाचिरहेकै बेला प्रहरीले बेबिलोन डिस्कोमा घेरा हाल्यो र ३ सय १३ जनालाई पक्रेर भ्यानहरुमा कोच्चाउँदै पुलिस क्लब लगेर थुनिदियो। कार्यथलो नजिकै भएकोले म पनि गएको थिएँ त्यहाँ। हेरौँ केही फोटोहरु- कसरी र्‍याक गरे बंकर्स पार्टी गर्नेहरुलाई प्रहरीले-

0 comments:

Post a Comment

copyright Oxkoon Inc.