गल्दैछन् गिरिजा

नेपाली राजनीतिलाई लामो समयसम्म सकारात्मक वा नकारात्मक जुनसुकै पक्षबाट भए पनि केन्द्रमा राख्‍न सफल गिरिजाप्रसाद कोइराला रोगले झन् झन् गल्दैछन्। उनका बारेमा नराम्रा हल्ला फैलिएको यति धेरै पटक भइसक्यो कि अब साँचो कुरा कसैले सुनाउँदा पनि नपत्याउने हो कि भन्ने भान भइसक्यो। पोहरपरार पनि उनी बिरामी हुन्थे। तर यस पटक मानसिक रुपमा पनि उनी कमजोर भइसकेका छन्। केही अघि राष्ट्रसं‍घीय उपमहासचिवसित भेट्दा उनले आफू जीवनको अन्तिम क्षणमा रहेको बताएका थिए। मानसिक रुपमा कमजोर हुनु चिन्ताको विषय हो।

उनलाई गत साता अस्पतालबाट घर फर्काइएको थियो। तर उनको स्वास्थ्य राम्रो भएर हैन, स्थितिमा केही सुधार आएको र उनले अस्पतालमा बस्न रुचि नदेखाएकोले उनलाई डिस्चार्ज गरिएको थियो। बिहीबार रातिदेखि अचानक उनको अवस्था गम्भीर भएको छ। अस्पताल जान नमानेकाले उनलाई घरैमा विशेष कक्षमा उपचार गराइएको छ। घरमा नै आईसीयुको जस्तो सुविधा दिने भनिएको छ। स्थिति अझ बिग्रिए उनलाई कृत्रिम श्वास प्रणालीमा राख्‍ने तयारी पनि गरिसकिएको छ। टेलिभिजनहरुले उनको घरअगाडिबाट राति अबेरसम्म उनको स्वास्थ्यबारे प्रत्यक्ष प्रसारण गरिरहेका छन्।

0 comments:

Post a Comment

copyright Oxkoon Inc.